• ५ असोज २०८३, सोमबार
  • १०ः५१ बिहान

२४ घण्टामा १,७१९ चालक ट्राफिक कारबाहीमा, ११ लाखभन्दा बढी राजस्व संकलन

प्रकाशित मिति

२०८२ चैत्र २८ गते, शनिबार ०९:४९

२८ चैत,२०८२ काठमाडौं – बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केत बत्ती उल्लङ्घन गर्ने १०२, तीव्र गतिमा सवारी चलाउने ९३ र लेन अनुशासन पालना नगर्ने १७९ जना चालकलाई कारबाही गरिएको हो।

National Life

त्यसैगरी, सार्वजनिक यातायातका साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८, अनावश्यक रूपमा हर्न बजाउने ४६, निर्धारित स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने २० र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ९३ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक कारबाहीबाट ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन भई राज्यकोषमा दाखिला गरिएको कार्यालयले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया