• ४ साउन २०८३, सोमबार
  • ३:२५ बिहान

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि: फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०९:३५

२४ चैत,२०८२ काठमाडौं – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म देशका २० वटा वाणिज्य बैंकले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए । यसले बैंकिङ क्षेत्रमा नाफा वृद्धिदर सुस्त रहेको देखाउँछ ।

फागुनसम्मको विवरण अनुसार नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ नाफा कमाउँदै अग्रस्थान कायम गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Kamana Sewa

त्यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले घटेको छ ।

Classic Tech Desktop

समग्रमा बैंकहरूको नाफा सामान्य रूपमा बढे पनि अपेक्षित दरमा सुधार हुन नसकेको देखिएको छ ।

प्रतिकृया