• ४ असोज २०८३, आइतबार
  • ५ः५३ बेलुका

खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा पेसी, सुनुवाइ पौडेलको इजलासमा

प्रकाशित मिति

२०८२ चैत्र १८ गते, बुधबार १२:०१

१८ चैत,२०८२ काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मासम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेशीमा चढेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको हो।

National Life

पूर्वमन्त्री खड्काका तर्फबाट उनकी श्रीमती बिनिता खड्काले रिट दायर गरेकी हुन् भने सांसद शर्माका तर्फबाट चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए।

त्यस्तै, सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरुद्धको कसुर गरेको आरोप छ। केही वर्षअघि उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो। ती बालिकाबारे तत्कालीन मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा धारणा व्यक्त गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया