• १६ असोज २०८३, शुक्रबार
  • ५ः४२ बिहान

स्वर्णिम वाग्ले को पहिलो निर्णय: १५ ऐन खारेज र ‘ह्वाइटपेपर’ तयार पार्ने

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०२:२५

१३ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका डा. स्वर्णिम वाग्लेले पहिलो निर्णयस्वरूप १५ ऐन खारेज गर्ने र आर्थिक अवस्थाको ‘ह्वाइटपेपर’ तयार पार्ने प्रक्रिया अघि बढाएका छन्।

National Life

अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले राजस्व अनुसन्धान विभाग खारेजसहित कानुनी संरचना पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसअनुसार पुराना ऐन संशोधन तथा खारेजीका लागि अध्ययन गरिने उनले बताए।

यससँगै, १३ चैतसम्मको पछिल्लो आर्थिक अवस्थाबारे विस्तृत प्रतिवेदन (ह्वाइटपेपर) तयार पार्न पनि कार्यदल गठन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

वाग्लेले अब बजेट निर्माण, निजी क्षेत्रको सुरक्षा, ठूला आयोजनालाई तीव्रता दिने तथा अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा काम गर्ने बताएका छन्। हाल अर्थतन्त्रमा केही शिथिलता देखिए पनि सुधारका संकेत रहेको उनको भनाइ छ।

उनले प्रणालीगत समस्या समाधान गरी सुधारतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ सरकारले ठोस नतिजा दिने गरी काम गर्ने बताए।

प्रतिकृया