• ५ असोज २०८३, सोमबार
  • ९ः०१ राती

काठमाडौँ उपत्यकामा बढ्दै छ वायु प्रदूषण

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ०२:३२

५ फाल्गुन, २०८२ काठमाडौं – काठमाडौँ उपत्यकामा वायु प्रदूषण उल्लेख्य रूपमा बढेको छ। सोमबार मध्याह्न १७८ रहेको वायु गुणस्तर सूचकांक (AQI) आज मध्याह्नसम्म १९१ पुगेको छ, जुन स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ। यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्ने जनाइएको छ।

National Life

एक्युआई सूचकअनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। दिल्ली २२९ एक्युआईसहित पहिलो र लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन्।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने बताए। सुक्खा मौसम लामो समय रहँदा हावामा रहेका धुलो र कण जमिनमा नझर्ने भएकाले प्रदूषण बढ्ने उनले उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार सवारीसाधनको तीव्र वृद्धि, इन्धनबाट निस्कने धुवाँ, निर्माणाधीन पूर्वाधारबाट उड्ने धुलो, वन डढेलो र लामो सुक्खा मौसम प्रदूषण बढ्नुका मुख्य कारण हुन्। समयमै नियन्त्रणका उपाय नअपनाए अवस्था जटिल बन्न सक्ने चेतावनी पनि दिइएको छ।

सरकारी कार्ययोजना अनुसार एक्युआई ३०० नाघे विपद् मानिने व्यवस्था छ। यस्तो अवस्थामा फोहोर बाल्न रोक, सडक सफाइ तीव्र बनाउने र संवेदनशील समूहलाई सावधानी अपनाउन सूचना जारी गर्ने प्रावधान रहेको छ।

प्रतिकृया