• ५ असोज २०८३, सोमबार
  • ९ः५६ राती

रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन सफल बनाउन आह्वान

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ०२:०१

५ फाल्गुन, २०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैमा आह्वान गरेका छन्। ग्याल्पो ल्होछारको अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले लोकतन्त्रमा जनमत व्यक्त गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएको बताए।

National Life

राष्ट्रपति पौडेलले मौलिक चाडपर्वले आपसी सद्भाव, एकता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको बताए।

उनले सुशासन र समृद्धिबाट मात्रै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता मजबुत हुने धारणा राखे। शेर्पा समुदायले आफ्नो विशिष्ट संस्कृति र परम्परामार्फत नेपाल र नेपालीको गौरव बढाउन उल्लेखनीय योगदान दिएको पनि उनले बताए। ग्याल्पो ल्होछार फागुन ६ गते मनाइँदै छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया