• ४ असोज २०८३, आइतबार
  • ८ः२४ राती

प्रतिनिधिसभा उम्मेदवार पाँच जनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधे, बालेनसहित को को परे ?

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार ०१:१०

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी–१ का हर्क साम्पाङ, रुपन्देही–२ का कमल भुसाल (निकोलस), भक्तपुर–२ का महेश बस्नेत र जानुका पाठकलाई स्पष्टीकरण सोधिएको हो।

National Life

बालेनको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा कमेन्ट गरेको विषयमा स्पष्टीकरण मागिएको छ। निकोलस भुसालको हकमा जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ।

हर्क साम्पाङको हकमा चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको र टिसर्ट लगाउने विषयमा स्पष्टीकरण मागिएको छ।
महेश बस्नेतको हकमा बालेनलाई छाउरा भनेको विषयमा स्पष्टीकरण सोधिएको छ।
भक्तपुर–२ का उम्मेदवार जानुका पाठकमाथि घृणाजनक टिप्पणी गरेको विषयमा आयोगले स्पष्टीकरण मागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, स्वास्थ्य स्वयंसेवक संघलाई अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन सञ्चालन गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

प्रतिकृया