• ४ असोज २०८३, आइतबार
  • ४ः१४ बेलुका

सुन चाँदीको भाउ हालसम्मकै उच्च, तोला कति ?

प्रकाशित मिति

२०८२ पुष ११ गते, शुक्रबार ११:००

११ पुस,२०८२ काठमाडौं— नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाला सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगको छ। हिजो छापावाला सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामै १६५ रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया