एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट
प्रकाशित मिति
२०८२ मंसिर १६ गते, मंगलवार ०४:५२
मंसिर १६, २०८२ काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकहरूलाई दृष्टि आई केयर सिस्टममा उपचार सेवामा विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता बैंक र हस्पिटलबीच सम्पन्न भएको छ। सम्झौता अनुसार ग्राहकले काठमाडौंस्थित दृष्टि आई केयरमा विभिन्न सेवा लिँदा डिजिटल भुक्तानीमार्फत २० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
सम्झौतापछि आँखा, नाक, कान तथा घाँटी (ENT) सम्बन्धी उपचारमा छुट लागू हुने बैंकले जनाएको छ। ENT तथा General Service अन्तर्गत OPD सेवामा २० प्रतिशत, भने Investigation सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ।
यसैगरी, आँखा उपचार सेवामा OPD General मा २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत, Laboratory सेवामा १० प्रतिशत, र Optical Products मा ७.५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
छुट सुविधा उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। साथै, बैंकको मोबैंक एप मार्फत गरिएको डिजिटल भुक्तानीमा पनि छुट लागू हुनेछ।






प्रतिकृया