• ४ असोज २०८३, आइतबार
  • ७ः११ बेलुका

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०३:४३

मंसिर २, २०८२ काठमाडौं— सरकारले आगामी जाडो मौसममा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहर लक्षित गरी पहिलोपटक दुई छुट्टा राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला निकायसँगको छलफलपछि कार्ययोजना तयार गरेको हो।

National Life

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार तयार गरिएको कार्ययोजनामा हिमाली/उच्च पहाडीका २९ जिल्ला र शीतलहर प्रभावित २१ जिल्ला पहिचान गरिएका छन्। प्रभावित क्षेत्रहरूमा जोखिम न्यूनीकरण, राहत सामग्रीको अग्रिम व्यवस्थापन, सही पूर्वानुमान तथा समयमै सूचना उपलब्ध गराउनेजस्ता रणनीति समेटिएका छन्।

प्राधिकरणका अनुसार कार्ययोजनाले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, दीर्घरोगी तथा विपन्न समुदायलाई विशेष संरक्षण प्रदान गर्ने लक्ष्य लिएको छ। मंसिर १५ भित्र प्रभावित क्षेत्र तथा लक्षित वर्गको पहिचान गर्दै स्थानीय तहहरूले पनि आफ्नो कार्ययोजना तयार गर्ने व्यवस्था मिलाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया