संसद् पुनर्स्थापनाले मात्र प्रतिगमन रोकिन्छ : उपाध्यक्ष पौडेल
प्रकाशित मिति
२०८२ मंसिर २ गते, मंगलवार ०३:५२
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशमा आएको राजनीतिक प्रतिगमनलाई सच्याउने एकमात्र उपाय संसद् पुनर्स्थापना भएको बताएका छन्। मंगलबार च्यासलमा चलिरहेको विघटित एमाले संसदीय दलको बैठकमा बोल्दै पौडेलले भदौ २३ र २४ गतेका घटनालाई आधार बनाएर प्रतिनिधिसभा विघटन गरिएको र त्यसको परिणामस्वरूप मुलुक प्रतिगमनतिर धकेलिएको दाबी गरे।
पौडेलका अनुसार संसद् विघटन र सदनबाहिरबाट गठन गरिएको सरकारले प्रतिगमनको सूचक भएको छ। उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले एमाले र यसको नेतृत्वमाथि लक्षित प्रहार गरिरहेको आरोपसमेत लगाए।
‘एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई प्रहार गर्न सरकार उद्दत छ, यसलाई एक भएर सामना गर्नुपर्छ,’ पौडेलको भनाइ छ।
उपाध्यक्ष पौडेलले एमालेको भूमिकामै देशको भविष्य निहित रहेको उल्लेख गर्दै संसद् पुनर्स्थापना मार्फत राजनीतिक विचलन सच्याउनु अहिलेको प्राथमिक आवश्यकता भएको बताएका छन्।






प्रतिकृया