• ४ साउन २०८३, सोमबार
  • १०:०४ बेलुका

चार महिनामा ३ खर्ब २९ अर्ब राजस्व सङ्कलन

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार १२:२३

मंसिर १, २०८२ काठमाडौं—  आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ। यो लक्ष्य ४ खर्ब २५ अर्ब २३ करोड रहेकोमा ७७.४९ प्रतिशत मात्र पूरा भएको हो।

कात्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा ७८ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ, जुन ७५.४९ प्रतिशत हो। अघिल्लो आर्थिक वर्षमा कात्तिक महिनामा ७६ अर्ब राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०८२/८३ को कुल राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ। चार महिनामा सङ्कलन रकम ३ खर्ब २९ अर्ब ५१ करोड पुगेकोले, लक्ष्यको तुलनामा राजस्व सङ्कलन थोरै ढिलो भएको देखिन्छ।

Kamana Sewa

सांख्यिक अनुसार, अघिल्लो वर्षको सोही अवधिमा चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड मात्र राजस्व सङ्कलन भएको थियो।

Classic Tech Desktop

प्रतिकृया