• ४ असोज २०८३, आइतबार
  • १ः५१ राती

असोजमा मालपोत कार्यालयबाट २ अर्ब ७५ करोड बढी राजस्व संकलन

प्रकाशित मिति

२०८२ कार्तिक ५ गते, बुधबार ११:१८

कात्तिक ५, २०८२ काठमाडौं– देशभरका मालपोत कार्यालयहरूले चालु आर्थिक वर्षको असोज महिनामा कूल २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन्। यद्यपि चाडपर्व र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

National Life

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को क्रममा देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र तोडफोड भएको थियो। त्यसको प्रभाव असोज महिनाको सेवा प्रवाहमा स्पष्ट देखिएको विभागको भनाइ छ।

विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर रु एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँले २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

यसैगरी मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले रु दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौँले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

गत असोज महिनामा देशभरका मालपोत कार्यालयहरूबाट २३,३५३ वटा लिखत पारित, २,४४२ वटा नामसारी, २३,९१४ वटा रोक्का,१७,९३० वटा फुकुवा, ७९,७३९ वटा घरजग्गासम्बन्धी कारोबार सम्पन्न भएका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, चाडपर्व र राजनीतिक अस्थिरताका बाबजुद मालपोत कार्यालयहरूले उल्लेखनीय मात्रामा सेवा प्रवाह गर्न सफल भएका छन्।

प्रतिकृया