• ४ असोज २०८३, आइतबार
  • ३ः२० राती

चालु आवको पहिलो त्रैमासमा १० जलविद्युत् आयोजना निर्माण अनुमति प्राप्त

प्रकाशित मिति

२०८२ कार्तिक ५ गते, बुधबार ११:०९

कात्तिक ५, २०८२ काठमाडौं– विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल उत्पादन क्षमता २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।

National Life

विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (चार दशमलव ७२ मेगावाट), लोअर बरुण (एक सय ३२ मेगावाट), म्याग्दी खोला बी ( १२ दशमलव ५० मेगावाट), तल्लो लिखु क्यासकेड ( ६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो । साथै माथिल्लो मेलम्ची (चार दशमलव ९५ मेगावाट), सुपर सभा खोला ( नौ दशमलव ५५ मेगावाट), लोअर मेलम्ची खोला ( चार दशमलव ९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला ( २८ दशमलव ९० मेगावाट) र इन्दुवा खोला (२४ दशमलव ९२ मेगावाट)लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो ।

विभागले हालसम्म २६६ जलविद्युत् आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरिसकेको छ। ती आयोजना सम्पन्न हुँदा करिब १०,८२५ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, विभागले हालसम्म कूल १८५ वटा आयोजनालाई सर्वेक्षण अनुमति प्रदान गरेको छ। यसबाहेक, ५९ वटा आयोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्, जसको संयुक्त क्षमता १०,५३२ मेगावाट रहेको विभागले जनाएको छ।

जलविद्युत्सँगै सौर्य उर्जातर्फ पनि उल्लेखनीय गतिविधि देखिएको छ। हालसम्म १२ वटा सौर्य परियोजनाले निर्माण अनुमति लिएका छन्, जसको कुल क्षमता ८४ मेगावाट छ। थप ३ वटा आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन्, ती आयोजनाको क्षमता १५ मेगावाट रहेको छ।

निर्माण अनुमति लिएर पनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमति खारेज गरिएको छ। त्यस्तै, आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाका निर्माण अनुमति आवेदन पनि अस्वीकृत गरिएको छ। साथै, हालसम्म ११८ वटा आयोजनाको सर्वेक्षण अनुमति पनि खारेज गरिएको विभागले जनाएको छ।

प्रतिकृया