• ४ असोज २०८३, आइतबार
  • ७ः१२ बेलुका

बजारबाट ५० अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, ७ दिनको लागि निक्षेप योजना

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार १२:१३

असोज २६, २०८२ काठमाडौं– नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने तयारी गरेको छ। केन्द्रीय बैंकले आइतबार (आज) निक्षेप संकलन (Deposit Collection) नामक अल्पकालीन मौद्रिक उपकरण प्रयोग गर्दै ७ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

National Life

राष्ट्र बैंकले पछिल्लो समय तरलता सन्तुलन गर्न नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही कार्यतालिका अनुसार आज पनि बैंकले उक्त परिमाणको रकम निक्षेप संकलनमार्फत झिक्न लागेको हो। केन्द्रीय बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रियामा सहभागी हुन सकिने जनाएको छ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणामा बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै, कुल आह्वान रकमसम्मको आवेदन दिन सकिनेछ, तर निःशेष भाग मात्र स्वीकृत हुने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साँवा तथा ब्याजको भुक्तानी कात्तिक २ गते गरिनेछ। यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता व्यवस्थापन गर्न यस किसिमको मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। बजारमा बढी भएको तरलता सोस्ने उद्देश्यले यस्तो कदम चालिने गरिएको हो।

प्रतिकृया