• ३ साउन २०८३, आइतबार
  • ३:३४ बेलुका

७ शवको कंकाल मात्रै, अझै आफन्त सम्पर्कमा आएका छैनन्

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०९:५२

त २३ र २४ भदौमा जेनजी समूहले आह्वान गरेको प्रदर्शनका क्रममा व्यापक क्षति, तोडफोड र आगजनी भएको छ। सोही क्रममा विभिन्न भौतिक संरचनाहरू नष्ट हुनुका साथै ठूलो जनहानि पनि भएको छ।

गत बुधबार (२४ भदौ) चुप्चेपाटीस्थित भाटभटेनीमा आगजनी हुँदा सरसफाइ गर्ने क्रममा सात जनाको शव फेला परेको थियो। ती शव अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ।

Kamana Sewa

फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४६ शव पोस्टमार्टमका लागि ल्याइएकोमा ३९ जनाको पोस्टमार्टम भई आफन्तले बुझिसकेका छन्। बाँकी सात शव भने पूर्ण रूपमा जलेर कंकाल मात्र बाँकी भएकाले अझै पहिचान हुन सकेको छैन।

Classic Tech Desktop

यस्तै, बिहीबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेपछि जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। डा. चौधरीका भनाइमा, “पहिचान हुन नसक्ने गरी पूर्ण रूपमा जलेका सात शव आएको छ। तिनको कंकाल मात्र बाँकी छ।”

प्रतिकृया