• ३ असोज २०८३, शनिबार
  • १०ः३३ राती

दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू वर्ल्डलिंकले गर्यो बन्द

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार १२:४६

भदौ २०,२०८२ काठमाडौं – सरकारले दिएको निर्देशनअनुसार नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेका छन्।

National Life

वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता नभएका प्लेटफर्महरू आफ्नो सेवाबाट रोकिएको जानकारी गराएको हो।

वल्र्डलिंकले दिएको सूचनामा भनिएको छ – “सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ९ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२ को निर्णय तथा सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशनिका २०८० अनुसार दर्ता नभएका प्लेटफर्महरू नियमन गर्न निर्देशन प्राप्त भएको छ। त्यसअनुसार अब वल्र्डलिंक इन्टरनेटमार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न नसकिनेछ।”

Classic Tech Mobile
Classic Tech Desktop

यसबाट प्रयोगकर्तालाई असुविधा हुन सक्ने भन्दै कम्पनीले क्षमा याचना गरेको छ। यस्तै, नेपाल टेलिकम र एनसेलले पनि आफ्नो मोबाइल तथा इन्टरनेट सेवामार्फत दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालन नहुने जानकारी दिएका छन्।

सरकारले हालसम्म २६ वटा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा रोक लगाउने निर्णय गरेको हो।

प्रतिकृया