• ४ असोज २०८३, आइतबार
  • ३ः४१ दिउँसो

नेपाल सरकारसँग सम्पर्कमा आयो ‘एक्स’ (ट्विटर)

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार १२:५७

भदौ २०,२०८२ काठमाडौं – नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) नेपाल सरकारसँग सम्पर्कमा आएको छ।

National Life

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट मन्त्रालयमा आधिकारिक पत्राचार भएको हो। मन्त्रालयलाई पठाइएको इमेल मार्क नामका प्रतिनिधिबाट आएको बताइएको छ।

उक्त इमेलमा नेपालमा सूचीकरण गर्न आवश्यक प्रक्रिया र पेश गर्नुपर्ने कागजातबारे जानकारी मागिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्राप्त इमेलको तत्कालै जवाफ पठाइसकेको र कम्पनीले आवश्यक कागजात पठाएलगत्तै सूचीकरण प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया