• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

इजरायली प्रधानमन्त्री नेतन्याहूको प्रस्तावसँगै विपीन जोशीको रिहाइको आशा बलियो

प्रकाशित मिति

२०८२ भाद्र ७ गते, शनिबार ०८:५९

भदौ ७,२०८२ काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको नियन्त्रणमा रहेका बाँकी सबै बन्धकको रिहाइ सुनिश्चित गर्ने सर्तमा निर्णायक वार्ताका लागि तयार रहेको घोषणा गरेका छन्।

यो घोषणासँगै सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशी अझै जीवित रहेको आशामा थप बल पुगेको छ।

Kamana Sewa

इजरायली सञ्चारमाध्यमहरूका अनुसार नेतन्याहूले बिहीवार राति कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमाससँग वार्ता गर्न तयार रहेको जनाएका हुन्। उक्त वार्ताको मुख्य उद्देश्य बाँकी बन्धकहरूको रिहाइ र युद्धविराम प्रक्रियालाई अगाडि बढाउने रहेको छ।

Classic Tech Desktop

हमासले गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि हमला गरी करिब १,२०० जनाको हत्या गरेका थिए भने २५१ जनालाई बन्धक बनाएका थिए। तीमध्ये धेरैलाई विभिन्न चरणमा रिहा गरिए पनि अझै करिब ५० जना हमासको कब्जामा रहेको इजरायली अधिकारीहरूको भनाइ छ।

इजरायली सुरक्षास्रोतहरूले तीमध्ये करिब २० जना अझै जीवित रहेको आशंका गरेका छन्, जसमा नेपाली विद्यार्थी विपीन जोशी पनि परेका हुन सक्ने जनाइएको छ। स्मरण रहोस्, विपीन जोशीको रिहाइको माग गर्दै उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी केही दिनअघि इजरायल पुगेका थिए। त्यहाँ उनले इजरायली राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए। युद्धको व्यापक विरोध भइरहेका बेला आएको यो प्रस्तावले बन्धक परिवारहरूमा आशाको किरण देखिएको छ।

अब वार्ता प्रक्रिया कसरी अगाडि बढ्छ र बन्धकहरूको अवस्थाबारे कति चाँडो प्रगति हुन्छ भन्ने प्रतिक्षा विश्व समुदायले गरिरहेको छ।

प्रतिकृया