• ४ साउन २०८३, सोमबार
  • ४:५९ बिहान

वैदेशिक सहायता ह्वात्तै घट्यो: ५२ अर्बको लक्ष्यमा मात्र २३.५ अर्ब प्राप्त

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार १२:४१

भदौ ५,२०८२ काठमाडौं – अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले लिने वैदेशिक अनुदान र ऋण दुवै घटेको देखिएको छ।

सरकारले आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा मात्र २३ अर्ब ५३ करोड (३२.६२%) मात्र प्राप्त भएको छ। अघिल्लो वर्षको तुलनामा अनुदान प्राप्ति २.०४ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ।

Kamana Sewa

यस्तै, वैदेशिक ऋणमा पनि कमी देखिएको छ। चालु आवमा २ खर्ब १७ अर्ब रुपैयाँ ऋण लिन सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्र ऋण प्राप्त भएको छ। यो लक्ष्यको ५७.७८ प्रतिशत हो। अघिल्लो वर्षमा ऋण प्राप्ति ५९.०७ प्रतिशत रहेको थियो।

Classic Tech Desktop

कुल वैदेशिक सहायता तर्फ २०८१/८२ मा सरकारको लक्ष्य २ खर्ब ६९ अर्ब थियो, तर १ खर्ब ४८ अर्ब मात्र प्राप्त भएको छ। अघिल्लो आवमा प्राप्ति १ खर्ब ४९ अर्ब ६७ करोड थियो। यसबाट वार्षिक लक्ष्यको तुलनामा सहायता ५५.१५ प्रतिशत मात्रै पुगेको देखिन्छ।

अर्थ मन्त्रालयका अनुसार, पछिल्लो वर्षको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशत, अनुदान २.०४ प्रतिशत र ऋण ०.२१ प्रतिशतले क्रमशः घटेको छ।

प्रतिकृया