• ४ असोज २०८३, आइतबार
  • ३ः५५ दिउँसो

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८२ असार १५ गते, आईतवार ०२:२२

असार १५ , २०८२ काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा लुम्बिनी बिकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा संचालित बिभिन्न संरक्षणका कार्यक्रमका लागि रु १०.०० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ । कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि), श्री राममोहन राव अमराले लुम्बिनी बिकास कोषका सदस्य सचिब, श्री सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

National Life

उक्त कार्यक्रममा बैंकका अध्यक्ष, श्री जयती बन्सल, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, नेपाल एसबिआई बैंकका संचालकहरु, श्री रितेश सिन्हा, श्री भरत राज वस्ती, श्री अप्सरा उप्रेती, श्री गोपाल प्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, बैंकका प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया