काठमाडौं महानगरपालिकाका इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा, खुलेन ४ करोड ५८ लाखको स्रोत
प्रकाशित मिति
२०८२ जेष्ठ २६ गते, सोमबार ०८:४७
काठमाडौँ – काठमाडौँ महानगरपालिका पूर्व इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ४ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा कोइरीविरुद्ध अभियोगपत्र दायर गरेको हो । २०४६ वैशाख १९ देखि २०७८ फागु ३० गतेसम्म पदमा रहँदा कोइरीले तीन करोड ३७ लाख रुपैयाँ आर्जन गरेको देखिएकोमा कोइरीको कुल खर्च तथा लगानी ७ करोड ९६ लाख रुपैयाँ देखिएको हो ।
कोइरीको आम्दानी र खर्च समष्टिगत रूपमा विश्लेषण गरी हेर्दा आयको तुलनामा व्यय अमिल्दो देखिएको हो । मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएकाले कोइरीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना मागदाबी गरी मुद्दा दायर गरिएको हो ।





प्रतिकृया