• ५ असोज २०८३, सोमबार
  • ५ः३८ बेलुका

परराष्ट्रमन्त्री राणा हङकङ भ्रमणपछि स्वदेश फर्किन्

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०९:५९

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको औपचारिक भ्रमणपछि स्वदेश फर्किएकी छन्। उनले चीन सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना सम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

National Life

जेठ १६ गते सम्पन्न उक्त समारोहमा नेपाल पर्यवेक्षकको हैसियतमा सहभागी भएको थियो। सो समारोहमा ३२ राष्ट्रले महासन्धिमा हस्ताक्षर गरेका थिए भने ५० भन्दा बढी देश र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंस्थाको सहभागिता रहेको थियो। नवस्थापित मध्यस्थता संगठनले विभिन्न मुलुकहरूबीच, मुलुक र कम्पनी वा नागरिकबीच तथा निजी व्यवसायहरूबीचका विवादहरूलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्ने उद्देश्य लिएको छ।

परराष्ट्रमन्त्री राणा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हङकङ गएकी थिइन्। समारोहको अवसरमा मन्त्री राणाले वाङ यीसँग द्विपक्षीय भेटवार्ता समेत गरेकी थिइन्। भेटमा नेपाल–चीन मैत्री सम्बन्ध थप सुदृढ पार्ने, आर्थिक, प्राविधिक र व्यावसायिक सहकार्यलाई विस्तार गर्ने तथा चिनियाँ सहयोगमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको जानकारी मन्त्री राणाले दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त भ्रमणमा मन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना, हङकङस्थित नेपालका महावाणिज्यदूत

प्रतिकृया