• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

नेको इन्सुरेन्स ३०औं बर्षमा प्रवेश

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०९:२७

काठमाडौं – नेको इन्सुरेन्स लिमिटेड यही जेठ १७ गतेबाट २९ बर्ष पूरा गरी ३०औं बर्षमा प्रवेश गर्दैछ । कम्पनीले सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कम्पनीले आफ्नो सेवा संचालनको ३०औं बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै सोही उपलक्षमा शाखा कार्यालयहरुमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएको छ । कम्पनीले ब्यवसायको साथसाथै समाज सेवाको लागि विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Kamana Sewa

प्रतिकृया