• ४ असोज २०८३, आइतबार
  • ३ः३७ दिउँसो

रोल्पामा तेह्रौँको प्रसाद खाएका ११० भन्दा बढी बिरामी, ४ को अवस्था गम्भीर

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार १०:०६

काठमाडौं। रोल्पा नगरपालिका–३ चौरपानीमा तेह्रौँको प्रसाद खाएका ११० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। तिलकप्रसाद रोक्काको घरमा शनिबार आयोजित तेह्रौँ दिनको पुन्य तिथिमा सहभागी भएका स्थानीयहरूमा विषाक्त खाना खाएको लक्षण देखिएको हो।

National Life

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार बिरामी परेकामा ज्वरो, पखाला, बान्ता, टाउको दुख्नेजस्ता लक्षण देखिएका छन्। चिकित्सकले फुड प्वाइजनको कारण बिरामी भएको पुष्टि गरेका छन्।

करिब १५० जनाले प्रसादका रूपमा दालभात, पुरी, अचार खाएका थिए। विशेषगरी अचार खाएकाहरू बढी प्रभावित भएको बताइएको छ। हालसम्म अधिकांश बिरामीहरू उपचारपछि घर फर्किएका छन् भने आठजनाको जिल्ला अस्पतालमा उपचार जारी छ। तीमध्ये चार जनाको अवस्था गम्भीर छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया