• ४ असोज २०८३, आइतबार
  • ४ः०७ बिहान

छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई डा. शेखर कोइरालाको सुझाव

प्रकाशित मिति

२०८२ जेष्ठ १० गते, शनिबार ०१:२०

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए, अध्यागमन विभागको भ्रष्टाचारको विषय उठेपछि।
कोइरालाले संवैधानिक निकायहरूमा कर्मचारीहरूको लागि कुलिङ पिरियडु आवश्यक रहेको र कांग्रेस, एमाले र माओवादीलाई जनमत सङ्ग्रहबाट डराउन नहुने बताए।

National Life

उनले नेपाली कांग्रेसको महाधिवेशन ०८२ सालको मङ्सिरमा हुनुपर्ने र कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह गरे। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे ।

उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए । नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरूको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे । लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरूले जनमत सङ्ग्रहबाट डराउन नहुने जिकिर गरे । उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत सङ्ग्रह गराउन सक्नुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै नेता कोइरालाले ०८२ सालको मङ्सिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे ।

प्रतिकृया