• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

पाकिस्तानद्वारा बिहीबार राति पनि ड्रोन र मिसाइल आक्रमण, भारतीय प्रतिरक्षा प्रणालीद्वारा जवाफी

प्रकाशित मिति

२०८२ बैशाख २६ गते, शुक्रबार ०९:३५

वैशाख २६,२०८२ काठमाडौँ: भारत र पाकिस्तानबीचको हवाई क्षेत्रमा तनाव थप बढेको छ। पछिल्लो २४ घण्टामा दुवै देशले एक अर्काको हवाई क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गरेका छन्। भारतले आफ्नो प्रतिरक्षा प्रणाली एस-४०० प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ।

भारतीय रक्षा स्रोतका अनुसार, पाकिस्तानले बिहीबार राति जम्मू-कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गरेको थियो। जवाफमा भारतीय वायु रक्षा प्रणालीले ती आक्रमणहरूलाई विफल पारेको छ। केही रिपोर्टहरूले पठानकोटमा भारतीय प्रणालीले पाकिस्तानी लडाकु विमानलाई पनि खसालेको दाबी गरेका छन्, यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

Kamana Sewa

यसअघि, भारतले बुधबार पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी इजरायली हार्पी ड्रोन प्रयोग गरेको थियो। ‘अपरेसन सिन्दूर’ को भोलिपल्ट अर्थात् वैशाख २४ गते राति पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य अड्डामा आक्रमण गर्ने प्रयास गरेको थियो। भारतले रुसबाट प्राप्त एस-४०० प्रतिरक्षा प्रणालीको माध्यमबाट त्यो हमलालाई विफल पारेको थियो।

Classic Tech Desktop

लगातारको यो हवाई गतिविधिले दुई आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीचको सम्बन्धलाई थप जटिल बनाएको छ। सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। दुवै देशले थप उत्तेजित गतिविधि नगर्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको छ। यस घटनाक्रमले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर चुनौती थपेको विश्लेषकहरूको भनाइ छ।

प्रतिकृया