• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

स्पेन र पोर्चुगलमा बिजुली आपूर्ति बन्द हुँदा विमानस्थल, रेल सेवा प्रभावित

प्रकाशित मिति

२०८२ बैशाख १६ गते, मंगलवार १२:३०

वैशाख १६, २०८२ काठमाडौँ: युरोपका दुई देश स्पेन र पोर्चुगलको ठूलो भूभागमा बिजुली काटिएको छ । जसले गर्दा सर्वसाधारणको जीवनमा ठूलो असर परेको छ ।

बिजुली गएकाले एयरलाइन्स, मेट्रो र रेल सेवा प्रभावित भएका छन् । पोर्चुगलको एयरलाइन्स टीएपी एयरले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको छ।

Kamana Sewa

स्पेनको बिजुली कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली गइरहेको जनाएको छ । अहिले उनीहरू बिजुली पुनः सञ्चालन गर्न र बत्ती जानुको कारण पत्ता लगाउन प्रयासरत छन् ।

Classic Tech Desktop

स्पेन र पोर्चुगलमा आएको यो बिजुली संकटबारे युरोपेली परिषद्को अध्यक्षले यस घटनामा साइबर आक्रमण भएको कुनै संकेत नदेखिएको बताएका छन् । यसैबीच पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पनि बिजुली जानुको पछाडि कुनै साइबर हमला भएको प्रमाण नभएको बताएका छन् ।

बिजुली कम्पनी रेड इलेक्ट्रिकाले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेको छ, “समस्या चाँडै समाधान गर्न सबै स्रोत साधन प्रयोग भइरहेको छ।” फ्रान्सको कम्पनी आरटीईले पनि उनीहरू स्पेनमा बिजुली आपूर्ति सुधार्न सहयोग गरिरहेको जनाएको छ । तर यस घटनाले हाल फ्रान्समा कुनै असर परेको छैन ।

त्यस्तै, युक्रेनका ऊर्जा मन्त्रीले पनि बिजुली मर्मतमा सहायता दिन तयार रहेको बताएका छन् । स्पेनमा हुने ‘म्याड्रिड ओपन’ टेनिस प्रतियोगिता पनि बिजुली समस्या भएका कारण स्थगित गरिएको छ ।

रोन्यूज पोर्चुगलका अनुसार पोर्चुगल र स्पेनका राजधानीहरूमा धेरै मेट्रो रेलहरू स्टेशनहरू बीचको सुरुङमा अड्किएका छन् । दूरसञ्चार सेवासँगै स्पेन र पोर्चुगलका नागरिकहरूले पनि मोबाइल नेटवर्कमा पहुँच नभएको गुनासो गरेका छन् ।

पोर्चुगलको बिजुली कम्पनी रेड इलेक्ट्रिका नासिओनालले बिजुली पूर्ण रूपमा फर्कन एक हप्ता सम्म लाग्न सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । यसअघि स्पेनको बिजुली विभागले बिजुली आपूर्ति फर्काउन ६ देखि १० घण्टा लाग्न सक्ने बताएका थिए ।

आरईएनले जनाए अनुसार स्पेनमा तापक्रमको अचानक ठूलो परिवर्तनका कारण यो बिजुली संकट आएको हो । यद्यपि, स्पेन सरकारले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

प्रतिकृया