• २३ भदौ २०८३, मंगलबार
  • १ः०३ दिउँसो

घट्यो काठमाडौँको वायु प्रदूषण

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०८:१२

चैत्र २८, २०८१ काठमाडौँ: काठमाडौँको वायु प्रदूषण घटेको छ । काठमाडौँ उपत्यकमा हिजो साँझदेखि छिटपुट वर्षासँगै सामान्य हावाहुरीसमेत चलेकाले वायु प्रदूषण कम भएको हो ।

National Life

काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। गएराति र आज बिहान पनि काठमाडौँमा सामान्य हावाहुरीसँगै वर्षा भएको छ । यसले काठमाडौँको वायु प्रदूषण केही कम भएको हो। हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यका आज १० औँ स्थानमा झरेको छ ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँको समग्र एक्यूआई १५२ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यतिबेला वायु प्रदूषणको दृष्टिले पाकिस्तानको लाहोर पहिलो र चीनको साङघाई दोस्रो स्थानमा छन्। चीनकै बेइजिङ तेस्रो स्थानमा छ ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो। काठमाडौँ उपत्यका आसपासका जंगलमा लागेको डढेलो पनि वर्षाले निभेको छ ।

विगत दुईतीन दिन यता काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही कम भए पनि हिजोसम्म विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमै थियो। केही दिनअघि काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो ।

प्रतिकृया