• ५ असोज २०८३, सोमबार
  • १ः३७ दिउँसो

क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिताहरू बदलेर प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति

२०८१ चैत्र ११ गते, सोमबार १२:३१

चैत्र ११, २०८१ काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिताहरू बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

National Life

उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए । उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए ।

खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हाँसिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता जनाए ।

मन्त्री पौडेलले भने,’अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढंगबाट, प्रभावकारी ढंगबाट जाने स्थिति बनाउनु पर्छ । खुला सीमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्वन गर्नुपर्छ । खर्च भइरहेको छ । शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक छ । यहीँ टिभी क्षेत्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल हामीले सञ्चलनमा ल्याउनुपर्नेछ । आगामी आर्थिक वर्षमा यसलाई आवश्यक पर्ने बजेट विनियोजन गरेर यसलाई सञ्चालनमा ल्याउनेछौँ । टिभी फ्रि पालिका घोषणा गर्नेगरी हामीले १४९ लाई तोकेका छौँ । पहिलो १४९ मा पूर्ण परिणाम प्राप्त गर्न धेरै सजिलो छैन । त्यसमाथि नेपालमा ७५३ पालिका छन् । १४९ भनेको पाँच भागको एक भाग मात्रै हो । बाँकीलाई कसरी अघि लैजाने यसमा स्पष्ट नीति बन्नुपर्छ ।’

मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए ।क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनउनुपर्ने बताएका हुन् ।

प्रतिकृया