• ४ असोज २०८३, आइतबार
  • २ः२४ राती

यस्ता छन् कांग्रेस कार्यसम्पादन समिति वैठकले गरेका निर्णयहरु

प्रकाशित मिति

२०८१ चैत्र ११ गते, सोमबार ०९:५६

चैत्र ११, २०८१ काठमाडौँ: सत्ता साझेदार नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको कांग्रेसको निष्कर्ष निकालेको छ । हिजाे (आइतबार) पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । जनता नै सार्वभौम भएको बैठकको निष्कर्ष छ ।

National Life

पार्टी प्रवक्ता रामशरण महतले राजनीतिक दलहरू राजावादीविरुद्ध प्रदर्शन गर्ने घोषणा गरे पनि कांग्रेस अहिल्यै त्यसतर्फ नजाने बताए । संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने उनको भनाइ छ ।

‘सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको हो,’ उनले भने, ‘जनताद्वारा आएको यस व्यवस्थाप्रति हामी पूर्ण प्रतिवद्ध छौं ।’ प्रधानमन्त्रीसहित विपक्षी दलका नेताले राखेको गणतान्त्रिक मोर्चा आवश्यक नभएको पनि कांग्रेसको निष्कर्ष छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया