• ५ असोज २०८३, सोमबार
  • ६ः३१ बेलुका

इजरायलद्वारा लेबनानमाथि भीषण आक्रमणः सात जनाको मृत्यु, ४० घाइते

प्रकाशित मिति

२०८१ चैत्र १० गते, आईतवार ११:३५

चैत्र १०, २०८१ काठमाडौँ: युद्धविरामकै बीच लेबनानबाट इजरायली सेनालाई लक्षित गरी आक्रमण गरिएपछि इजरायली सेनाले पनि भीषण आक्रमण गरेको छ । इजरायलले झण्डै पाँच महिनापछि लेबनानमा पुनः आक्रमण गरेको छ । गत नोभेम्बरमा युद्धविराम लागू भएयताको यो सबैभन्दा घातक आक्रमण हो ।

National Life

इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित मिलिसिया र राजनीतिक समूह हिज्बुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चर कमाण्ड सेन्टरमा प्रहार गरिएको बताएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् । लेबनानमा धेरै सशस्त्र समूहहरू सक्रिय छन् । जसमा हिज्बुल्लाह र प्यालेस्टाइनी गुटहरू समेत रहेका छन् । इजरायलमा गरिएको आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो आक्रमणको केही घण्टा पछि इजरायली सेनाले कमाण्ड सेन्टर, पूर्वाधार क्षेत्र र लेबनानमा हतियार भण्डारण क्षेत्रमा राति नै दोस्रो आक्रमण गरेको हो ।इजरायलद्वारा लेबनानमाथि भीषण आक्रमणः सात जनाको मृत्यु, ४० घाइते

युद्धविरामकै बीच लेबनानबाट इजरायली सेनालाई लक्षित गरी आक्रमण गरिएपछि इजरायली सेनाले पनि भीषण आक्रमण गरेको छ । इजरायलले झण्डै पाँच महिनापछि लेबनानमा पुनः आक्रमण गरेको छ । गत नोभेम्बरमा युद्धविराम लागू भएयताको यो सबैभन्दा घातक आक्रमण हो ।

इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित मिलिसिया र राजनीतिक समूह हिज्बुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चर कमाण्ड सेन्टरमा प्रहार गरिएको बताएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् । लेबनानमा धेरै सशस्त्र समूहहरू सक्रिय छन् । जसमा हिज्बुल्लाह र प्यालेस्टाइनी गुटहरू समेत रहेका छन् । इजरायलमा गरिएको आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।

पहिलो आक्रमणको केही घण्टा पछि इजरायली सेनाले कमाण्ड सेन्टर, पूर्वाधार क्षेत्र र लेबनानमा हतियार भण्डारण क्षेत्रमा राति नै दोस्रो आक्रमण गरेको हो ।

प्रतिकृया