• 3:39 am

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८१ चैत्र १० गते, आईतवार १०:५०

चैत्र १०, २०८१ काठमाडौँ: आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने जनाईएको छ ।

त्यस्तै, बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुँदैछ । गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिकृया