• ५ असोज २०८३, सोमबार
  • ५ः४३ बिहान

मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति

प्रकाशित मिति

२०८१ माघ ३० गते, बुधबार ०५:१७

माघ ३०, २०८१ जनकपुरधाम : तराई–मधेशमा सक्रिय रहेका साना दलहरुबीच महागठबन्धनको तयारी तीव्ररुपमा अगाडि बढिरहेको छ । आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरुबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति निर्माण हुन लागिएको हो । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरुको बैठक सम्पन्न भएको छ ।

National Life

मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको हो । नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा विभिन्न पार्टीहरुसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरुमा छलफल गरिएको छ । नेपाल सद्भावना पार्टीको तर्फबाट राष्ट्रिय अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्र कुमार झा तथा महासचिव पवन कुमार साहको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल संघीय समाजबादी पार्टीका अध्यक्ष अन्सारी, पूर्व प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री बिमला अन्सारी, नेपाली जनता दलको अध्यक्ष हरिचरण साह, इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवान, जन अधिकार पार्टी नेपालको अध्यक्ष ईमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय सिंह, नेपाली जनता दल, स्वाधिन मधेश अभियानी लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्काे बृहत बैठक बस्ने निर्णय गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी बीच माघ २४ गते भएको सहमति अनुसार नेपालको उत्पीडित जनताको राजनीतिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्नका लागि नेपाली जनताको बलिदानि पुर्न आन्दोलनहरुबाट प्राप्त उप्ल्ब्धी सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशीकरण लगायत उपलब्धिहरूलाई सरकारद्वारा संविधान संशोधनको नाममा कटौती गर्ने भइरहेको दुष्प्रयासलाई सामना गर्न र यस्तो कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिन जनताको बलियो राजनीतिक शक्ति आवश्यक भएको हुनाले १० राजनीतिक दल र नागरिक समाज लगायतको बृहत बैठक अन्तरक्रिया सम्पन्न भएको छ ।

बैठकले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको लागि संघर्ष गर्ने उद्देश्य प्राप्तिको लागि नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन निर्माण गर्ने निर्णय गरेको छ । यसको संयोजन गर्नका लागि नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीज्यूलाई जिम्मेवारी दिइएको छ ।

प्रतिकृया