साँखुमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते
प्रकाशित मिति
२०८१ फाल्गुन १ गते, बिहीबार ०७:१२

फाल्गुण १, २०८१ काठमाडौँ: काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
शुसाङ्क डोटेलको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। एनएमसी अस्पतालमा एक जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको पनि बोहराले बताए ।
बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमिको रिजर्भमा गएको थियो । नगरकोटमा विद्यार्थीलाई पिकनिकमा लगेर फर्किएको बस शंखरापुर नगरपालिका ५ मा दुर्घटना भएको हो ।
बुधबार दिउँसो पौने ५ बजेतिर कात्तिके स्थित साँखु–नगरकोट सडक खण्डमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको एसपी बोहराले बताए।
घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रतिकृया