• १६ भदौ २०८३, बुधबार
  • १:२८ बेलुका

काठमाडौँको एयर क्वालिटी इन्डेक्स उच्च तहमा

प्रकाशित मिति

२०८१ माघ १० गते, बिहीबार ०४:४७

माघ १०, २०८१ काठमाडौँ: काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ । आज बिहान ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ ।

शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ। काठमाडौँको रत्नपर्क र ललितपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ।

Kamana Sewa

काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

Classic Tech Desktop

काठमाडौंमा मात्र नभएर आज धनकुटाको वायु पनि अस्वस्थकर छ । त्यहाँ एक्यूआई १५३ र पीएम २.५ को मात्रा ६४.६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ ।

प्रतिकृया