• ५ असोज २०८३, सोमबार
  • ७ः२७ बिहान

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

प्रकाशित मिति

२०८१ माघ १ गते, मंगलवार ०३:४५

माघ १, २०८१ काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ अर्ब रुपैयाँ बढी हो। प्रतिशतका आधारमा १३ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।

National Life

चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। आर्थिक वर्षको पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ४० प्रतिशत हो।

चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ८४ प्रतिशत लक्ष्य प्राप्त भएको छ। पुस महिनामा मात्र १ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलनको वृद्धि सकारात्मक रहेको उल्लेख गर्दै लक्ष्य हासिल गर्न थप प्रयास गर्ने बताए।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार, गत असोजको बाढीपहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रभाव, विद्युतीय सवारी साधनको आयातमा वृद्धि, दूरसञ्चार क्षेत्रमा परेको असर, आयात तथा मागमा आएको कमीजस्ता चुनौतीहरूको बाबजुद चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको छ।

प्रतिकृया