• ४ साउन २०८३, सोमबार
  • ७:५१ बेलुका

महुली लघुवित्त वित्तीय संस्था लि.को थप सार्वजनिक निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न

प्रकाशित मिति

२०८१ पुष १९ गते, शुक्रबार ०३:४६

पुष १९, २०८१ काठमाडौँ: लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको ४,७५,४४९/१५ कित्ता शेयरहरु मिति २०८१/०९/०५ देखि २०८१/०९/०९ गते सम्म थप सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

यसरी खुला गरिएकोमा रितपूर्वक आवेदन दिनुहने आवेदकहरु मध्ये ४७,५४४ जना अवेदकहरुलाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता शेयर २० देखि १००० कित्ता आवेदन दिई बाँडफाँडमा पर्नेे ४,८२० जना आवेदकहरु मध्येबाट ९ जनालाई थप १/१ कित्ता र १ जनालाई थप ०.१५ कित्ता गरी जम्मा ४,७५,४४९/१५ कित्ता साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम मिति २०८१/०९/१९ गते शुक्रबारका दिन बाँडफाँड गरिएको लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया