आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
प्रकाशित मिति
२०८१ मंसिर २५ गते, मंगलवार ०३:४५
मंसिर २५, २०८१ काठमाडौँ: शेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ६.३२ विन्दुले घटेर २६६९.८२ अंकमा अडिएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।
यस दिन चार अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँको शेयर कारोबार भयो । कारोबार रकम यसअघि १० अर्बमाथि पुगेको भएपनि अहिले खुम्चिएर पाँच अर्ब तल आएको छ ।
८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ कम्पनीको मूल्यमा गिरावट आयो । यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
१३ मध्ये जम्मा चार वटा समूहका सूचक बढेका छन् । यस दिन ३०३ कम्पनीको ८७ लाख ६८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।
Related
Recent News
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
प्रतिकृया