• १० असोज २०८३, शनिबार
  • ११ः५७ बिहान

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति बढ्यो तोलामा ?

प्रकाशित मिति

२०८१ कार्तिक ५ गते, सोमबार १०:५८

कार्तिक ५ , २०८१ काठमाडौँ: आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया