• ५ असोज २०८३, सोमबार
  • ५ः३२ बिहान

सन नेपाल लाइफले कमायो साढे ५७ कराेड नाफा , यस्ता छन् अन्य सूचक

प्रकाशित मिति

२०८१ श्रावण २७ गते, आईतवार ०१:४३

साउन २७, २०८१ काठमाडौँ: गत आर्थिक वर्ष ०८०/०८१ को चौथो त्रैमाससम्म सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५७ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २६.५३ प्रतिशतले नाफामा गिरावट आएको हो ।

National Life

अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा कम्पनीको खुद नाफा ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आवमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कमिसन आम्दानी ६ करोड ५६ लाख रुपैयाँमा रहँदा कुल खर्च ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको लगानी र ऋणबाट आम्दानी ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको प्रतिसेयर आम्दानी १४.५१ रुपैयाँ पुगेको छ भने नेटर्वथ १५७.८७ रुपैयाँ रहेको छ । कम्पनीकाे आधार ब्याज भने १४.५१ प्रतिशत पुग्दा पिई अनुपात ३५.२३ रुपैयाँ रहेको छ ।

प्रतिकृया