• १६ भदौ २०८३, बुधबार
  • १:३६ बेलुका

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ श्रावण २१ गते, सोमबार ११:०९

साउन २१, २०८१ काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार (डेढ लाख) पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार पुगेको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि आईतबार प्रतितोला १७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

Kamana Sewa

विश्व बजारमा आज सुन प्रति औंस २४ सय ५३ डलरको आसपासमा कारोबार भईरहेको छ । एक दिनमै विश्व बजारमा सुनको मूल्य प्रतिऔंस करिव १५ डलरले बढिसकेको छ ।

Classic Tech Desktop

प्रतिकृया