• 5:08 pm

गभर्नर अधिकारीको कार्यकालको उत्तरार्धमा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर हुँदै

प्रकाशित मिति

२०८१ श्रावण ८ गते, मंगलवार १२:३१

साउन ८, २०८१ काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम वर्ष हुँदा नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय तीनवटा अन्तष्ट्रिय टेन्डर गरेको छ। ५, १० र १०० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो ।

राष्ट्र बैंकले ३५ करोड थान पाँच रुपैयाँका नोट छपाइका लागि अप्रिल १९, २०४ मा टेन्डर आह्वान गरेको थियो । त्यस्तै १० रुपैयाँ दरका ३४ करोड थान नोट र १०० रूपैयाँका ३० करोड थान नोट छपाइका लागि यही साता टेन्डर भएको छ ।

गभर्नर अधिकारीको हस्ताक्षरमा छापिने यी नोट छपाइका लागि टेन्डर भएको हो । आगामी चैतमा पदावधि सकिने अधिकारीले यसअघि पनि नयाँ नोट छपाइको टेन्डर गरिसकेका थिए। ५०, २० र १००० रुपैयाँका नयाँ नोट छपाइका लागि टेन्डर भएको थियो ।

अधिकारीले आफ्नो कार्यकालमा नोटसहित सिक्काको टेन्डर पनि गरेका छन् । पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन् । यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए ।

तर पछिल्लो समय भने भारतीय र चिनियाँ कम्पनीले यस्तो टेन्डर जित्दै आएका छन् । यसअघि भएको टेन्डरमा २० रुपैयाँको नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको थियो । त्यस्तै यही महिनामात्र चिनियाँ कम्पनीले विभिन्न दरका नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ ।

यसअघि ५० र १००० दरका नोट छाप्ने जिम्मा भने भारतीय कम्पनीले पाएको थियो । यसभन्दा पहिला फ्रेन्च, बेलायत, पोलिस कम्पनीहरूले नोट छपाइ गर्दै आएका थिए । छपाइका लागि न्यून लागत प्रस्ताव गर्ने कम्पनीले पाउँछन्। प्रतिस्पर्धामा टिक्न नसकेपछि युरोपियन कम्पनीहरू पाखा लाग्दै आएका छन् ।

प्रतिकृया