• 4:52 pm

डोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ११:२६

जेठ २३, २०८१ डोटी : डोटीमा जिप दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् । दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।

प्रतिकृया