कोन्ज्योसोम एग्रोटुरिजमको रूपमा विकास हुँदै
प्रकाशित मिति
२०८१ बैशाख २८ गते, शुक्रबार ११:१०
वैशाख २८, २०८१ ललितपुर : कोन्ज्योसोम गाउँपालिका एग्रोटुरिजमको रूपमा विकास हुँदै गएको छ । कोन्ज्योसोम गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गरिरहेको छ । गाउँपालिकामा कृषि उपत्पादन र पशुपालनबाट उत्पादित वस्तु पूर्णत अग्यानिक भएकाले गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा बसोबास गर्ने अधिकांश स्थानीयको प्रमुख पेसा कृषि रहेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले “कृषि, पर्यटन, सांस्कृतिक, वातावरण र पुर्वाधार, सुशासन, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार !” भन्ने मूल नाराका साथ गाउँपालिका अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई एग्रोटुरिजमको रूपमा विकास गराउँदै आएको छ ।
कृषि क्षेत्रमा कोन्ज्योसोमबाट दैनिक ३० हजार लिटर दुध काठमाडौंमा जान्छ । आगामी दिनमा यो संख्या बृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । विभिन्न ठाउँमा कृषि र पशु फार्महरु र गाई फार्महरु सञ्चालन भएका छन् । गाउँपालिकामा किसानहरु आत्मनिर्भर बन्न सफल भएका छन् । किसानहरुले कृषि र पशुपालन सामुहिक प्रणालीमा काम गरेका छन् । यसमा गाउँपालिका र प्रदेश सरकारले अनुदान दिँदै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नं. २ मा यस ठाउँबाट खुवा, दहि, दुध र पनिर अन्य वडाबाट भन्दा धेरै उत्पादन भइ उक्त सामाग्री काठमाडौं पठाउने गरिएको ंछ । अहिले गाउँपालिकाले“कोन्ज्योसोम जाऊँ,अग्र्यानिक वस्तु खाऊँ” भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेका अध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।
प्रतिकृया