• 2:31 am

इलाम–२ : मतगणनाका लागि सर्वदलीय बैठक सुरु

प्रकाशित मिति

April 28, 2024

वैशाख १६, २०८१ इलाम : उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ ।

इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा बैठक बसिरहेको हो । बैठकपश्चात् मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे जानकारी दिए ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । मुख्य निर्वाचन आधिकृत घिमिरेले दिएको जानकारीअनुसार उक्त मत खसेको तथ्यांक निर्वाचन आयोगले निकालेको छ । “६९ हजार ४२१ मत खसेको विवरण हामीले निकालेका छौँ,” उनले भने ।

हृदयघातका कारण संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपश्चात् उपनिर्वाचन भएको हो ।

प्रतिकृया