• १४ जेष्ठ २०८१, सोमबार
  • 12:40 am

३ करोड २१ लाख बराबरको अवैध सम्पत्ति आर्जन गर्ने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

८ चैत्र २०८०, बिहीबार १३:३३

चैत्र ८, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कार्कीले ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैंया बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा कार्कीको पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न आयोगले माग गरेको छ ।

Press-Release-२०८०-१२-०८-याम-कुमार-कार्की

प्रतिकृया