• १८ भदौ २०८३, बिहीबार
  • ८ः१२ राती

प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलनको तयारी तीव्र

प्रकाशित मिति

२०८० चैत्र ८ गते, बिहीबार ११:०१

चैत्र ८, २०८० काठमाडौँ: गैरआवासीय नेपाली संघको दुई दशकको इतिहासमै महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै पहिलो पटक ‘महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार’ भन्ने मुल नारासहित प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन २९ र ३० जुन २०२४ मा काठमाडौंमा आयोजना गर्न लागेको छ । यसैको तयारीका लागि आज (२० मार्च २०२४) विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुलाई आमन्त्रण गरी संघको सचिवालयमा प्रथम बैठक सम्पन्न भएको छ ।

बैठकमा कमला पराजुली (अध्यक्ष, राष्ट्रिय महिला आयोग), माननीय लिली थापा (सदस्य, राष्ट्रिय मानव अधिकार आयोग), शत्र गुरुङ (अध्यक्ष, पौरखी), मञ्जु गुरुङ (संस्थापक अध्यक्ष, पौरखी) टिका दाहाल (अध्यक्ष, नेपाल महिला अपाङ्ग संघ) चरीमाया तामाङ(शक्ति समूह अध्यक्ष), साबित्रा शाह (महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विष्णु ओझा (माननीय सदस्य, राष्ट्रिय समावेशी आयोग) लाई छलफलका लागि आमन्त्रण गरिएको थियो ।

Kamana Sewa

यस्तै संघका तर्फबाट अध्यक्ष डा बद्री केसी, महिला उपाध्यक्ष, रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया