• 5:27 pm

गण्डकी प्रदेशको यातायातमन्त्री बने दिपक मनाङे

प्रकाशित मिति

२०८० चैत्र ५ गते, सोमबार ०२:२०

चैत्र ५, २०८० काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्र पाण्डेले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पाण्डेले राजिव गुरुङ दिपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

गत निर्वाचनमा मनाङबाट स्वतन्त्र रुपमा निर्वाचित मनाङे त्यसलगत्तै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर राजनीतिक समीकरणमा फेरबदल आएसँगै आइतबार उनले एकीकृत समाजवादी छाडेको घोषणा गरे । त्यसको भोलिपल्टै अर्थात् आज मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डल पुनर्गठनको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएका छन् ।

आजै मनाङेको शपथ ग्रहण हुने बताइएको छ ।

प्रतिकृया