• १० असोज २०८३, शनिबार
  • ६ः१४ बिहान

दोहोरो अंकको गिरावटसँगै नेप्से १९ सयको विन्दुमा

प्रकाशित मिति

२०८० फाल्गुन १७ गते, बिहीबार ०३:३०

फागुन १७, २०८० काठमाडौँ: साताको कारोबारको अन्तिम दिन नेप्सेमा भारी अंकको गिरावट आएसँगै यो साताको नेप्से बन्द भएको छ । बिहीबार २८ दशमलव ६८ अंकले घटेको नेप्से १९७२ दशमलव ०९ को विन्दुमा झरेको छ ।

National Life

आज ३०९ कम्पनीका ४८ हजार ३ सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७९ अंकले घटेर ३५१ दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया